5
(1)

अहिलेको विषम राजनीतिक अवस्थामा युवा पुस्तालाई झोले कार्यकर्ता नहुन सचेत गराउदै चर्चित गायक पशुपति शर्माले “कठै मेरो देश” बोलको गीत आज सार्वजनिक गरेका छन।पार्टी र सत्ताको लड़ाईले देशलाई परेको क्षतिले रूनु न हास्नुको अवस्थामा जनता पुगेको गीतमा उल्लेख छ।

यसअघि उनको “लुटन सके लुट” बोलको गीत चर्चामा आएको थियो। सो गीतमा उनले राजनीतिले गिजोलेको पार्टीगत भ्रष्टाचार प्रतिको वितृष्णा छताछुल्ल पोखेका थिए। सो गीतका केही लाइनहरु राजनीतिक पार्टीको दबावमा हटाईएको समेत थियो।

लूटन सके लुट चर्चामा आएपछि दोश्रो भाग “ जता नि चोर” बोलको गीत समेत सार्वजनिक भएको थियो। राजनीति बेथितिको फाईदा कार्यकर्ता र कर्मचारीले कुन हदसम्म लिएका छन भन्नेबारे पनि पशुपतिले प्रष्ट पार्न खोजेका छन सो गीतमा।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.