5
(1)

‘कबड्डी ५’ ले काजी र पुरानो टोलीलाई नयाँ रमाइलो अवतारमा प्रस्तुत गरेको छ। दयाहाङ राई र विपिन कार्कीको जीवन्त अभिनय, उत्कृष्ट कमेडी र अर्गानिक मौलिकताले दर्शकलाई मनोरञ्जन दिन्छ।

‘कबड्डी’ शृङ्खलाको ब्रान्ड र दशैँको बिदाका कारण हलहरूमा दर्शकको ठूलो भीड देखिएको छ। अघिल्ला शृङ्खलाहरू जस्तै यो फिल्मले पनि बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने बलियो सम्भावना देखाएको छ।

रामबाबु गुरुङको निर्देशन र बाँसुरी फिल्म्सको निर्माणमा बनेको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ हलहरूमा प्रदर्शन भइरहेको छ। रिलिजअघि निकै चर्चामा रहेको यसको पहिलो गीत ‘थाक खोला’लाई पनि दर्शकले हलमा उत्तिकै रुचाएका छन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment