0
(0)

बहुप्रतिक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को आधिकारिक शिर्षक गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस गीतमा करण परियार, अभि सुनार, बिशाल निरौला र रश्मी विश्वकर्माको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीत अभि सुनारले नै सिर्जना गरेका हुन्।

दिपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, र संनिषा भट्टराई लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

दीपकराज गिरीको कथा तथा पटकथामा तयार भएको यो चलचित्र आउँदो दशैंको अवसर पारेर असोज ३१ गते (अक्टोबर १७) फूलपातीको दिनदेखि देशभर प्रदर्शनमा आउने तयारी गरिएको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई दर्शकले निकै रुचाइरहेका छन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply