बहुप्रतिक्षित नेपाली चलचित्र ‘बाटुलो जुन’ को आधिकारिक ट्रेलर सार्वजनिक भएपछि सिने क्षेत्रमा यसको चर्चा चुलिएको छ। महानायक भुवन केसीको निर्देशनमा बनेको यो पिरियड लभ स्टोरी चलचित्रमा सुपरस्टार अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको छ।
सार्वजनिक ट्रेलरमा देखाइएको पुरानो कालरात्रिको सामाजिक परिवेश, प्रेम, त्याग र द्वन्द्वले दर्शकहरूको ध्यान खिचेको छ। सामाजिक मूल्यमान्यता र व्यक्तिगत चाहनाबीचको द्वन्द्वलाई कथाको रूपमा उठाइएको छ।
आगामी नोभेम्बर १२ (कार्तिक २६) अर्थात् भाइटीकाको भोलिपल्टबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई लिएर दर्शकहरूमा उत्सुकता देखिएको छ।

Add comment