5
(1)

यो बर्षको दशैं स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई खल्लो भयो। नहोस पनि किन? कोरोनाको कारण लाखौलाई लागेको भाईरसको प्रकोपले दाजु भाई देखी इष्टमित्र, बुवाआमा लगायत सबैसंग एउटा दूरी क़ायम भयो। सो दूरी आख़िर जरुरी थियो। यो दूरीलाई आशीष भने नि भो – रोग नलाग्ने, दीर्घायु हुने।

अनि यसले अर्कों गतिलो शिक्षा के दियों भने- नजिक भएर पनि हामी बर्षौ आफन्तसंग टाढीएका थियौ। आफ़्नासंग बसेर मनमा प्राप्त हुने जून स्वर्गीय आनन्द छ त्यो छोड़ी पैसासंग बहकियौ। अब थाहा भो, पैसाले के तपाईको निधारमा टिका लगाई दिन सक्छ त?

यसै महीना सार्वजनिक भएको “निधारमा टिका” बोलको गीत दशैको रमझम नाचगान सम्झाउदै चर्चामा छ। दौलत राई, मनु पूरी र सुमिना तामाङको स्वर तथा बाबुल गिरीको शब्द संगीतमा आएको यो गीत सुनीरहदा निधारले टिका खोजी रहन्छ कि!?

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.