5
(2)

गायक सज्जन राज बैधको “सस्तो मुटु” बोलको गीत यो साता नया बर्षको दिन सार्वजनिक भएर चर्चामा आएको छ।

“जब माया महँगो र मुटु सस्तो हुन्छ, अनि तिमी आफू भित्र जे असली छैन त्यसलाई छोडेर वास्तविक आफूलाई क़ायम राखेर अगाडी बढ़छौ”- गायक सज्जनले यूटूबमा केही दिनमै बीस लाख नजिक पुगेको म्यूज़िक भिडियोको बिषयबारे लेखेका छन।

आभूषण चित्रकार निर्देशित यो गीतको भिडियोमा गायक सज्जन, रोबिन चौधरी, रिहा बैध लगायत कलाकारको अभिनय रहेको छ।

“आफुलाई त पिरतीले कहिल्यै फापेन, बस्तिन है म तिमिलाई पर्खेर” भन्दै सस्तो मुटु हुनेहरू प्रति सचेत रहन सज्जनले गीतमा लेखेका छन्- “ए कान्छी, तिम्रो माया महँगो, मुटु चाही सस्तो रहेछ”।

अनि दमदार संगीतले मंत्रमुग्ध बनाउने गीतमा अर्को हरफमा छ- ” के तालको मनपरी, आफैलाई महारानी रे? कुन चाहीले गफ लाईदियों आफुलाई खुबै ठानीछे, कि के हो खै !”

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.