0
(0)

गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ (पुतलीको भट्टी भाग–२२) सार्वजनिक भएको छ। हरितालिका तीजको अवसरमा सपना म्युजिक इन्डस्ट्रिजबाट रिलिज गरिएको यस गीतमा वैवाहिक जीवनको यथार्थ र चेलीको माइतीप्रतिको प्रगाढ माया प्रस्तुत गरिएको छ।

यस गीतले रिलिजको पहिलो हप्तामै ५५ लाख बढी भ्युज बटुल्दै युट्युबमा चर्चामा रहेको छ। हरितालिका तीजको अवसरमा ल्याइएको यस गीतमा वैवाहिक जीवनको यथार्थ र चेलीको माइतीप्रतिको प्रगाढ माया प्रस्तुत गरिएको छ।

गीतमा “नझारेसम्म सिरैको केस, चेलीलाई प्यारो माइतीको देश”“छैठीमा लेख्ने भावीलाई माने” जस्ता मार्मिक शब्दमार्फत विवाहपछिको दुख-सुख र नियतिलाई उजागर गरिएको छ।

सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा यम थापा मगरको एरेन्ज छ। सारंगी, बाँसुरी, सहनाई र मादलको प्रयोगले गीतलाई मौलिक लोकस्वाद दिएको छ।

मौसम हिमालीको कोरियोग्राफी र शम्भु चालिसेको छायांकन रहेको भिडियोमा ललिता पौडेल, पारिसा कडेल र महिमा आचार्यको अभिनय छ। सुन्दरमणि अधिकारीको निर्देशनमा बनेको यो गीत सार्वजनिक भएसँगै दर्शक-श्रोतामाझ निकै लोकप्रिय बनेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply