5
(2)

संभवत महँगो नेपाली म्यूज़िक भिंडियोंको अनुमान गरीएको “फुटेको चुरा” बोलको गीत यो साता चर्चामा रहेको छ।

प्रकाश सपूत र अनिता चलाउनेको स्वरमा तथा चर्चित अभिनेत्री नम्रता श्रेष्ठ, प्रकाश सपूत, कबिता नेपाली, अनिता चलाउने, नीरज पन्थीको अभिनय रहेको यो गीत १५ लाख यूटूब भ्यूज सहित दर्शकको मन पराईमा अग्रपंक्तिमा रहेको छ।

प्रकाशकै शब्द, संगीत, कथा र निर्देशन रहेको यो गीतले महारानीको रूपमा उत्कृष्ट भूमिकामा रहेकी नम्रता श्रेष्ठ र सैनिकको अभिनयमा रहेका प्रकाश सपूत बिचको प्रेमलाई रहस्यमय रूपमा प्रस्तुत गरीएको छ।

फिल्मी शैलीमा अन्त्य भएको यो गीतको दोश्रो भाग आउने निश्चित छ। तर बाहुबली फ़िल्म जस्तो दरबार भित्रको रहस्य कतै कतै याद दिलाउने यो गीति कथाले अर्कों भागमा कस्तो मोड लिन्छ त्यो हेर्न अझै बाँकी छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.