5
(2)

जेठ दश गतेबाट प्रदर्शनमा आउने युवापुस्ताका चर्चित नायक अनमोल केसी अभिनित चलचित्र ”फर्की फर्की” ले दर्शकको माया अनमोललाई फर्किने अनुमान गर्न गारो नहोला। यद्यपि अनमोलको पछील्लो चलचित्र “छडके” ले साथ पाएको थिएन दर्शकको, जून दीपक दीपा जोड़ीको चलचित्र छक्कापंजा सिरिजसंग जुधेको मात्र होईन, अनमोलको चकलेटी प्रेमी भूमिकाबाट एकाएक द्वन्द्वको दृश्यहरु रहेको छडकेले उनलाई नसुहाएको दर्शकको ठम्याई थियो।

यसो त जेठ १० मा अर्को नेपाली चलचित्र “पुजार सार्की” का तीन नायकहरु प्रदीप खड़का, आर्यन सिग्देल र पल शाहसंग हुने भिड़न्त त बाकी छदैछ। यस अघि अनमोललाई युवा पुस्ताका दर्शकले प्रेमीको भूमिकामा रुचाएकोले पनि दर्शकको ताती अब हलमा फर्केलान अनि त्यसले उनको नायकिय छबि र मूल्य बजारमा यथावत राख्न मद्धत गर्नेछ कि !

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply