सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको करिब तीन वर्षपछि बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ युट्युबमा सार्वजनिक भएको छ। भाइटीकाको अवसर पारेर गत कात्तिक २५ गते युट्युब च्यानलमार्फत चलचित्र प्रिमियर गरिएको हो।
चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्नेबुढा), बुद्धि तामाङ, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह र स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । हलमा १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको यो फिल्म युट्युबमा आएपछि देश तथा विदेशमा रहेका दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
सार्वजनिक भएको दुई दिनमै चलचित्रले २८ लाख भन्दा बढी भ्युज प्राप्त गर्दै युट्युबमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको यस चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन्। दीपकराज गिरीको कथा तथा पटकथा रहेको चलचित्रले समसामयिक नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिमाथि तिखो व्यंग्य प्रहार गरेको छ।

Add comment