5
(3)

“माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकूँ, अर्पीएर यही माटोमा यो देशलाई बुझ्न सकूँ ” भन्दै धरानका मेयर हर्क साम्पाङको शब्द र संगीतमा गायक भगवान चाम्लिङ राईको स्वरमा देशप्रेम छचल्किएको गीत हालै सार्वजनिक भएको छ।

राष्ट्रप्रेमले भरीएको “अजम्बरी को छ र” बोलको यस गीतमा मेयर हर्कले माटो, सपना, बलिदान जस्तो शब्दहरुलाई देशप्रेमको भावना संग जोड़ेका छन। आफू रोएर देश हासेको हेर्न चाहेको भाव सहित यो गीतका शब्द र संगीत मार्फत उनले कोही पनि अजंबरी नरहेकोले देशलाई बचाउनु पर्ने संदेश ब्यक्त गरेका छन। स्वतंत्ररूपमा धरानको मेयरमा निर्वाचित हर्कले पछिल्लो छ महीनामा खानेपानी लगायत क्षेत्रमा उल्लेखनीय प्रगति गरेका उनले श्रम क्रांति मार्फत बिकास गर्ने अवधारणा समेत चर्चामा रहेको छ।

“माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकूँ, अर्पीएर यही माटोमा यो देशलाई बुझ्न सकूँ ”

“अन्धकारमा जलाएको एउटा दीपक सरी, केही छिनको अस्तित्वमै जीवन भेटने गरी”

“अजम्बरी को छ र, म मर्दा के हुन्छ र, देश बाच्नु पर्छ तर”

“म रुदा पो के हुन्छ र, यहाँ देश हास्नु पर्छ”

“देशभन्दा ठूलो सपना अर्को के हुन्छ र, देशभन्दा साँचों सत्य अर्को के छ र”

“बारूद होस की तलबार, फूल को माला सारी”

“स्वीकार छ बलिदान आनन्दको घडी”

– रचना, मेयर हर्क साम्पाङ, धरान

हालै मेयर हर्क साम्पाङले भूषण दाहाल संग गरेको एक अंतरबार्तामा उनले सुरू गरेको श्रम क्रांतिमा कसरी अवरोध आइरहेको बारे भनेका छन – “राजनीतिक पार्टीहरुमा आफ्नो बाहेकले गरेको बिकास कार्यमा समेत पार्टी व्हिप लगाएर स्वतः स्फूर्त आएका कार्यकर्तालाई नजान उर्दी जारी गर्नु पार्टीहरु देश बिकास निर्माणमा कति प्रष्ट छन्, सोचनिय बिषय छ। “

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.