5
(1)

हास्यकलाकार हरिबंश आचार्यको “हाम्म हाम्म” बोलको नया गीत आज सार्वजनिक भएको छ। कमिसन र घुसखोरीको लहरो पहरोंबारे चर्चा गरेर लेखीएको यो गीतमा “हाम्म हाम्म” गरी पैसा खाने शैली प्रति ब्यंग्य गरीएको छ।

राजनराज शिवाकोटीको संगीत र दीपक आचार्यको कथा रहेको यो म्यूज़िक भिंडियोंको एनिमेसन निर्देशन अर्जुन पोखरेलले गरेका छन।

नया सरकार गठन संगै सार्वजनिक भएको यो गीतले भर्खर गठन भएको सरकारलाई समेत खबरदारी गरी हरिबंशले फ़ेसबुकमा लेखेका छन् – “जसको पनि दाउ छ खाने हो हाम्म । अबको सरकार यस्तो नहोस।”

उनले नवगठित सरकारका गृहमन्त्री रवि लामिछानेलाई बधाई दिदै फ़ेसबुकमा लेखेका छन् -“राजनीति सुरु गरेको यती छोटो समयमा गृहमन्त्री जस्तो महत्वपूर्ण जिम्वेवारीमा बस्नु भएका रवी भाईलाई पूर्ण सफलताको शुभकामना।”

फ़ेसबुकमा हरीबंश आचार्यले एक तस्वीर राखी लेखेका छन – “नक्कली पुलिस र सक्कली गृहमन्त्री”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.