0
(0)

नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको सफल नेपाली चलचित्र ‘परदेशी २’ युट्युबमा सार्वजनिक गरिएको छ। निर्देशक नारायण रायमाझीको निर्देशन तथा नारायण रायमाझी र राजेश बन्सल (अग्रवाल) को निर्माणमा बनेको यो चलचित्र ओफिसियल युट्युब च्यानलमार्फत दर्शकसामु ल्याइएको हो। र

मेश बिजीको कथा तथा पटकथा रहेको यस चलचित्रमा गायक तथा अभिनेता प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, नीर शाह र देवन्द्र बब्लु लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।

वैदेशिक रोजगारी, अध्ययनका लागि विदेशिने युवापुस्ता र उनीहरूका परिवारले भोग्नुपर्ने सामाजिक तथा भावनात्मक कथावस्तुलाई चलचित्रमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। युट्युबमा सार्वजनिक भएसँगै यस चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया र माया बटुलिरहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply