5
(1)

यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान।

कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।

1974AD ब्यांड निर्माण गर्ने एक प्रमुख फिरोज स्यांगदेन थिए। तर उनी यसबाट बाहिरीएपछि एंड्रीयनसंग सहकार्यमा “द ओरीजनल डिओ” ब्यांड मार्फ़त अंतरष्ट्रिय कन्सर्टहरुमा सहभागी भई सांगितिक यात्रामा अगाडी बढे।

अन्तत: झण्डै दुई बर्ष अगाडी फिरोज र एंड्रीयनको पुन 1974AD ब्यांडमा समाहित भए जसले फेरि पुरानो यो ब्यांडले ऊर्जा पाएको छ।

आकाशैको जुनतारा जस्तै नि छिन मायालु टाढा भन्ने एंड्रीयनको यो गीत झै माया जति टाढीए पनि मिलन त हुने नै रहेछ अझ गाढ़ा भएर 1974AD ब्यांडमा भएजस्तो!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.