सजन श्रेष्ठको लोकप्रिय पोडकास्ट ‘द लास्ट कोइसन’ को यो विशेष एपिसोडमा नेपाली हिप-हप जगतका अग्रज तथा चर्चित र्यापर आशिष राना (लाउरे) अतिथि रूपमा उपस्थित हुनुभएको छ। यो अन्तर्वार्तामा लाउरेले आफ्नो सांगीतिक यात्रा, व्यक्तिगत जीवनका अनुभव, मनोरञ्जन क्षेत्रका यथार्थहरू र नेपाली हिप-हप संस्कृतिको विकासबारे खुलेर कुराकानी गर्नुभएको छ।
बाहिरबाट देखिएको छविभन्दा पूर्ण रूपमा भिन्न, अति नै सरल, डाउन टु अर्थ र रमाइलो स्वभावका लाउरेले यस पोडकास्टमा जीवनका विभिन्न पाटाबारे रोचक कुराहरू साझा गरेका छन्। ‘हिमालयन रोडिज’ का जजसमेत रहेका लाउरेको यो अन्तर्वार्ता हासोठट्टा, प्रेरणा र अर्थपूर्ण संवादले भरिएको छ।

Add comment