0
(0)

वरिष्ठ अभिनेता तथा हास्यकलाकार राजाराम पौडेलले नयाँ युट्युब पोडकास्ट श्रृंखला ‘पौडेल कास्ट’ सुरु गरेका छन्। नेपाली कला, चलचित्र तथा हास्य क्षेत्रका कलाकारसँग रमाइला, प्रेरणादायी र अनुभवमा आधारित संवाद प्रस्तुत गर्ने उद्देश्यसहित सुरु गरिएको पोडकास्टको पहिलो एपिसोडमा वरिष्ठ कलाकार किरण केसी सहभागी भएका छन्।

‘राता मकै’का रूपमा दर्शकमाझ लोकप्रिय किरण केसीसँगको पहिलो एपिसोडमा दुई कलाकारले आफ्नो लामो कलाकारिता यात्रा, संघर्ष, अनुभव र अविस्मरणीय घटनाका बारेमा कुराकानी गरेका छन्। विशेषगरी नेपाली हास्य क्षेत्रमा लोकप्रिय उनीहरूको जोडी ‘किरा’सँग जोडिएका पुराना सम्झना र रमाइला प्रसंगले एपिसोडलाई थप रोचक बनाएको छ।

अगाडि–पछाडिका पुस्ताका कलाकारका अनुभवलाई सहज संवादमार्फत दर्शकमाझ ल्याउने प्रयासका रूपमा ‘पौडेल कास्ट’लाई लिइएको छ। पहिलो एपिसोडले दर्शकबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको उक्त एपिसोडले केही दिनमै ३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ।

राजाराम पौडेलका अनुसार अब ‘पौडेल कास्ट’का नयाँ एपिसोड प्रत्येक शुक्रबार साँझ ६ बजे सार्वजनिक हुनेछन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply