युवा पुस्तामाझ निकै लोकप्रिय गायक तथा संगीतकार सुशान्त केसीले आफ्नो नयाँ आधिकारिक म्युजिक भिडियो “गयो त गयो” युट्युबमार्फत सार्वजनिक गरेका छन्। विगतको सम्झना र भविष्यको चिन्ता छोडेर वर्तमान क्षणलाई मज्जाले जिउनुपर्छ भन्ने सन्देश बोकेको यो गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यान खिचेको छ।
यस गीतको मुख्य आकर्षण भनेको गोपाल योञ्जनद्वारा रचित तथा संगीतबद्ध कालजयी सिर्जना “नानी त रैछौ हाम्रै दावाली” को अंश समावेश गरिनु हो। गीतको लेखन, निर्माण तथा गायन सुशान्त स्वयंले गरेका हुन् भने संगीत संयोजनमा एसकेसी र नयन राईले साथ दिएका छन्। मिक्सिङ र मास्टरिङ फोसिल ले गरेका हुन्।
नयन राई र सुशान्त केसीको संयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोमा सुशान्तका साथै श्याम खड्का र प्रतीक राईको अभिनय रहेको छ।
साथै, र्यापर योद्धाको क्यामियो भूमिकाले भिडियोलाई अझ रोचक बनाएको छ। सार्वजनिक भएको केही समयमै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो गीतलाई युट्युबमा निकै रुचाइएको छ।

Add comment