5
(1)

पल शाह र मल्लिका महतको जोडी अभिनित “फूलबुट्टे सारी” बोलको गीत पछि आएका सबै गीतहरु एकपछि अर्कों रेकर्ड तोड़ीरहेका छन।

फेरी अर्कों फिमेल भर्सनमा आएको “आँखामा आउने सपनी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। फिमेल भर्सनमा अभिनय गरेको पल-मल्लिका जोड़ीको फूलबुट्टे सारी, टाढा भएपनि पछि यो तेस्रो गीत हो।

सार्वजनिक भएको दोश्रो घण्टामा दुई लाख पटक यूटूबमा हेरीएको यो गीतलाई एकै दिनमा दश लाख पटक केन्द्र मोसन पिक्चर्स यूटूबमा हेरीने विश्वास सहित धेरै दर्शकले पिएम (पल-मल्लिका) जोडीलाई शुभकामना दिएका छन।

मेलोडीयस स्वरकी धनी सुनीता थेगिमको आवाज़मा यो गीत निकै मनछुने बनेको छ। सान थापाको निर्देशनमा आएको यो म्यूज़िक भिड़ीयोको प्रस्तुति निकै स्तरीय रहेको छ।

यस अघि ओंरिज़िनल गीत एकदेव लिम्बुकै रचना, संगीत र स्वरमा केही महीना अगाडी सार्वजनिक भएको थियो जुन एक करोड बीस लाख पटक यूटूबमा हेरीसकिएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.