5
(3)

कालजयी गीतहरुका सर्जक प्रेमध्वज प्रधानले यो संसारबाट बिदा लिनुभएको छ।

“घुम्तीमा नआउ है” बोलको कालजयी गीत रेकर्ड भएको ५१ वर्ष पछि गत बिहीबार उहाँको श्वासप्रस्वास र छातीको समस्या देखीएपछि काठमाण्डौ सुन्धारास्थित न्यूरो अस्पतालमा उपचारको क्रममा ८५ बर्षको उमेरमा निधन भएको हो।

रत्न शमशेर थापाको रचना रहेको “घुम्तीमा नआउ है” बोलको गीत जून १९७० मा बम्बईमा रेकर्ड भएको थियो।

“पर लैजाऊ फूलहरु” बोलको गीत प्रेमध्वजको अर्कों स्वर्णिम गीत हो जुन नातीकाजीको संगीत र राजेन्द्र थापाको शब्दमा रहेको थियो।

प्रेमध्वजका अजर अमर कालजयी स्वर संगीत सयौ बर्षसम्म नेपाली ढुकढुकीमा रहीरहनेछ।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.