0
(0)

गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत ‘कर्तव्य (मेरो पनि होइन र यो देश–२)’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको गीतले छोटो समयमै ५ लाख भन्दा बढी भ्युज प्राप्त गर्दै युट्युबमा व्यापक चर्चा बटुलेको छ।

पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत “मेरो पनि होइन र यो देश”को दोस्रो शृंखलाका रूपमा आएको ‘कर्तव्य’ले यसपटक सरकारलाई प्रश्न गर्नेभन्दा पनि देश निर्माणमा सबै नेपालीको साझा जिम्मेवारीलाई केन्द्रमा राखेको छ। गीत नेपालका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवा, किसान, श्रमिक, कलाकार तथा विदेशमा रहेका नेपालीलाई आ–आफ्नो स्थानबाट राष्ट्र निर्माणमा योगदान गर्न आह्वान गर्छ।

गीतमा प्रकाश सपूतले लेखेका छन्, “‘कर्तव्य’ नेपालका सहिदहरूप्रति सम्मान, देशको अथाह सम्भावना, र नयाँ पुस्ताप्रति सबैलाई आफ्नो जिम्मेवारी सम्झाउने एक पृथक प्रयास हो। पहिलो भागमा हामीले प्रश्न गरेका थियौँ, यसपटक भनेका छौँ– ‘हो, यो देश हाम्रो हो र यसलाई राम्रो बनाउने जिम्मेवारी पनि हामी सबैको साझा कर्तव्य हो।’

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.