गायक तथा गीतकार ओएसिस थापाको नयाँ गीत ‘सके’ सार्वजनिक भएको छ।
ओएसिस थापाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै ‘सके’ तयार हुन तीन वर्ष लागेको खुलासा गरेका छन्। उनका अनुसार एउटै गीतलाई तीन फरक संस्करणमा परिमार्जन गर्दै अन्तिम रूप दिन लामो समय लागेको हो। सुरुमा सामान्य रूपमा सार्वजनिक गर्ने सोच भए पनि गुणस्तरमा कुनै सम्झौता नगर्ने चाहनाले गीतलाई निरन्तर परिष्कृत गरिएको उनले बताएका छन्।
गीत सार्वजनिक गर्दै ओएसिसले विगत केही वर्ष आफ्नो व्यक्तिगत जीवनमा उतारचढाव आए पनि संगीत सिर्जनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। चार वर्षदेखि तयार हुँदै आएका पुराना तथा नयाँ गीतहरू क्रमशः सार्वजनिक गर्ने योजनासमेत उनले साझा गरेका छन्।
गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओएसिस थापाकै रहेको छ। म्युजिक भिडियोको निर्देशन सक्षम पलाञ्चोकेले गरेका छन् भने अमोघ आर्याल र खुशी केसी मुख्य भूमिकामा देखिएका छन्। छायांकन कृजल प्रधानले गरेका हुन्। भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको छ।
गीतले साँचो प्रेम, निराशा र जीवनको गहिरो भावनात्मक अवस्थालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ
“सके त मा दिने थिए
बाँचे कुचेका सारा
मेरो माया तिमीलाई…”“झुटो आशा झुटो सपनालाई पर्खेर
अधुरो चाहना अपुरा बहानालाई सम्झेर
बाँकी रहे निसास्सिएको सासै जलेर…”
