आगामी जेठ १५ गते (मे २९) देखि नेपालभरका सिनेमा हलहरूमा नयाँ नेपाली चलचित्र ‘रोल नम्बर १’ प्रदर्शनमा आउने भएको छ। जौन योञ्जनद्वारा निर्देशित यस चलचित्रले ‘हरेक विद्यार्थीको कथा’ लाई मुख्य विषयवस्तु बनाएको छ।
हालै सार्वजनिक भएको यसको ट्रेलरमा विद्यालय जीवन, बालबालिकाको मनोविज्ञान र प्रथम हुनका लागि उनीहरूले गर्ने संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी र बाल कलाकार निर्भीक रेग्मी लगायतको मुख्य अभिनय रहेको छ।
ट्रेलरसँगै चलचित्रको लोकलयमा आधारित गीत ‘म्याग्दी रुमाले’ पनि डिजिटल बजारमा निकै चर्चामा छ। प्रशान्त सिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको यस पञ्चेबाजा गीतले दर्शकको ध्यान तानेको छ। महेश दवाडीको लेखन र सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो चलचित्रले पारिवारिक र सामाजिक कथावस्तु बोकेको छ।

Add comment