नेपाली र्याप (नेपहप) विधामा पछिल्लो समय कालु दादाको चर्चा चुलिएको छ। विशेषगरी मायामा पाएको धोका र मनको पीडालाई शब्दमा उनेर तयार पारिएको उनको नयाँ गीत ‘मुटुमा चोट’ ले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ। “मुटुमा चोट पर्यो दिमाग भएको छ साइको” भन्दै गाइएको यो गीत अहिले धेरै युवाहरूको ‘फेभरेट’ बनेको छ।
टिकटकमा हजारौँ प्रयोगकर्ताले यस गीतमा भिडियो बनाइरहेका छन् भने युट्युबको कमेन्ट बक्समा फ्यानहरूले उनलाई ‘भिटेन’ सँग तुलना गर्दै समर्थन गरिरहेका छन्। हेटौँडाको सुन्दर लोकेसनमा खिचिएको यो गीतले एक साँचो प्रेमीको विरहलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

Add comment