कलाकार सबिन कार्की ‘बीस्ट’को नयाँ गीत ‘भेडाको ऊन’ सार्वजनिक भएको छ। बीस्ट प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ।
यो गीत नेपालको मध्य पहाडी क्षेत्र, विशेषगरी रसुवा, हेलम्बु र सिन्धुपाल्चोकका तामाङ समुदायमा प्रचलित मौलिक भाकामा आधारित छ। सन् १९९५ मा पत्रकार नारायण वाग्लेले चन्दनबारी पदयात्राका क्रममा यो धुन संकलन गरेका थिए। यो गीत चर्चित ब्यान्ड ‘नेपथ्य’ प्रति सम्मान व्यक्त गर्दै तयार पारिएको हो।
गीतमा सबिन कार्कीको शब्द र संगीत रहेको छ भने फिमेल भोकलमा सञ्जु मोक्तानले साथ दिएकी छिन्। ब्रिजेश श्रेष्ठको संगीत संयोजन र स्वर्णिम महर्जनको बाँसुरीको धुनले गीतलाई अझ मधुर बनाएको छ। सबिन कार्कीकै निर्देशन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा सबिनका साथै साहरा हाङ्मा, टिश तामाङ लगायतका कलाकारको उत्कृष्ट नृत्य र अभिनय देख्न सकिन्छ।
