5
(1)

चर्चित गायिका तृष्णा गुरुङले नेपालीहरूको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ साङ्गीतिक उपहार ‘दशैं – तिहार’ सार्वजनिक गरेकी छिन्।

परिवार, माया र चाडपर्वको समधुर भावना समेटिएको यस गीतमा माविन्द्र राईको शब्द तथा सङ्गीत रहेको छ भने यसमा हर्क साउदले थप शब्द सिर्जना गरेका छन्। पावेल उडासको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा उत्सव धिमाल, सुमित्रा कालिकोटेश्रष्टाहरूको अभिनय रहेको छ।

‘द कल्याब’ ब्यान्डको सङ्गीत संयोजन रहेको यस गीतले विशेष गरी परदेशमा रहेका नेपालीहरूलाई घरपरिवार र गाउँघरको सम्झना दिलाएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply