0
(0)

नेपाली चलचित्र ‘चमेलीको पोई’ को आधिकारिक गीत ‘माया मान्छौ र’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको यस गीतमा आशिष अविरल र मेलिना राईको सुमधुर स्वर रहेको छ। एक नारायण अधिकारीको शब्द रचना रहेको यस गीतमा संगीत आशिष अविरलले नै भरेका छन्। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसालको मुख्य अभिनय रहेको छ।

नेपालीपन झल्किने ग्रामीण दृश्यहरू, सुमधुर संगीत र कलाकारहरूको बेजोड प्रस्तुतिले गर्दा यो गीत दर्शकहरूबीच निकै लोकप्रिय बनेको छ।

धनलक्ष्मी सिने मेक्सको प्रस्तुति तथा एभरेष्ट सूर्य बोहरा फिल्म्सको ब्यानरमा बनेको यो चलचित्र आउँदो असोज १६ गते (अक्टोबर २) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ।

धन्लक्ष्मी सिने मेक्स प्रालि र एभरेष्ट सूर्य बोहोरा फिल्म्सको प्रस्तुतिमा बन्न लागेको नेपाली चलचित्र ‘चमेलीको पोई’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। एभरेष्ट सूर्य बोहोराको लेखन तथा निर्देशन, एवं शिवम अधिकारीको सह-लेखनमा तयार भएको यो चलचित्र आगामी असोज १६, २०८३ (अक्टोबर २, २०२६) गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ।

यस चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई र प्रेम देव गिरीलगायतका चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ भने यसको वितरण आरआर फिल्म्सले गरिरहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply