5
(2)

“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काको यसै साता आएको पछिल्लो गीत “५:५५ हास” यूटूबमा ट्रेण्ड भईरहेको छ। देशको अहिलेको जीर्ण अवस्था र राज्य संचालक प्रति व्यंग्य गरेजस्तो गरी गीतमा भनीएको छ-

“सपनाहरु पनि धेरै थिए बिस्तारी बिस्तारी सकिदैछन, पैसा मात्र ठुलो कुरा होईन फेरि पैसा जस्तो शक्ति केही मैं छैन” । “सबै पैसाकै पछि लागेर होला यहाँ पैसाको लागि मक्कीदैछन”।

“सबैको राम्रो सोच हुने हो भने गोबरमा यहाँ समृद्धिको फूल फुल्थ्यो”।

विशेष गरी युवा पुस्ताले मन पराएको चिरागको यो गीत निकै मोटिभेसनल र सोचमग्न बनाउने खालको छ।

दर्शन पोखरेलद्वारा निर्देशित यो गीत यूटूबमा एक साता नपुगी सात लाख पटक हेरीसकिएको छ भने अझ लोकप्रिय हुने निश्चित देखीएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.