5
(1)

कपाल/केशको सुन्दरता बारे बयान गरीएका दुई गीत यो साता दश लाख माथि यूटूबमा हेरीएर चर्चासंगै प्रतिस्पर्धामा आएका छन।एउटामा सिल्की कपाल हावाले उडाएको प्रसंग छ भने अर्कों गीतमा “रिबन केशैमा बाधी राखन मलाई त्यसमा” भनिएको छ।

“सिल्की कपाल” बोलको गीत कार्टूनिज क्रिउ जुनीएर, सरोज अधिकारी र आस्मा विश्वकर्माको अभिनय सहित आएको हो । यसमा सहिमा श्रेष्ठ र ध्रुव बिस्कोको स्वर, अमर बान्तुको शब्द र दीपक शर्माको संगीत रहेको छ भने भिंडियोंको निर्देशन सरोजले नै गरेका छन।

अर्कों गीत “रिबन केशैमा” मा कल्पना दाहाल, राजु परियार र पुरुषोत्तम पौडेलको स्वरमा छ।यस लोक दोहोरी गीतमा प्रह्लाद सूबेदीको रचना, पुरुषोत्तम पौडेलको संगीत छ भने म्यूज़िक भिंडियोंको निर्देशक दुर्गा पौडेल हुन।

कल्पना दाहाल केही समय अघि चर्चित वक्ता, गायक रमेश प्रसाईसंग गाएको दोहोरीले निकै चर्चामा आएकी समेत थिईन।

“सिल्की कपाल” ले यूटूबमा अहिले ११ लाख भ्यूज सहित अग्रतामा छ भने लोक दोहोरी बोकेको “रिबन केशैमा” प्रतिस्पर्धामा नजिक आइरहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.