5
(2)

दर्शकले मन पराएपछि हलहरुमा फूल सो प्रदर्शन भईरहेको चलचित्र छक्का पंजा ४ को “सिरुपाते जूँगामा” बोलको गीत यूट्यूबमा आज सार्वजनिक भएको छ।

दीपकराज गिरी र बेनिशा हमालको जोडी अभिनीत “सिरुपाते जूँगामा” गीत बाबुल गिरीको स्वर, संगीत तथा शंकर अधिकारी घायलद्वारा रचित हो। गीत सार्वजनिक हुनु अगाड़ी नै टिकटकमा भाईरल भएको यो गीत छक्का पंजा ४ को दर्शन सलाम पछि अर्कों चर्चामा आएको गीत हो।

“सिरुपाते जूँगामा” गीत सार्वजनिक गर्न निर्माण पक्षले केही प्राविधिक कारणले ढिलो भएको बताए पनि चलचित्र हलसम्म दोस्रो सातामा दर्शक अझ बढ़ने संकेत यो गीतको सफलताले पनि निश्चित गरेको छ।

चलचित्र छक्का पंजा ४ ले दैनिक करोड़माथि व्यापार गरेको प्रसंगमा कलाकार दीपकराज गिरीले सफलता र असफलताले आफूलाई असर नगर्ने तर अझ राम्रो चलचित्र बनाउन दर्शकसंग बसेर सयौपटक आफ्नो फिल्म हेरेर प्रतिक्रिया लिने गरेको तमसोमा ज्योतिर्गमय कार्यक्रमका प्रस्तोता टीकाराम यात्रीलाई हालै दिएको अन्तर्वार्तामा बताएका छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.