5
(1)

चर्चित गायक यश कुमारको हालै सार्वजनिक नया गीत “सुस्तरी” ले राजधानीको सड़कमा हुने नगर प्रहरी र मकै बेच्ने युवती बिचको प्रेमलाई उतारेर चर्चामा आएको छ।

केही समयदेखी सड़क खुल्ला हुनुपर्छ भनी महानगरपालिकाको अभियानमा हूने निर्मम मूठभेड़को विषयबस्तूमा गीत केन्द्रित छ। गायक यश कुमारले गीत मार्फ़त सड़कमा दैनिक जीवन यापन गर्ने निम्न वर्गीय उद्यमीको लागि दिर्घकालीन रूपमा वैकल्पिक व्यवस्था हुनुपर्ने कुरा रजतपट कार्यक्रमको अंतर्वार्तामा बताएका छन्।

यूट्यूबमा १५ लाख पटक हेरेर चर्चामा रहेको यो गीतमा अनु चौधरीको समेत स्वर रहेको छ भने निकेश खड़काले निर्देशन गरेका छन्।

पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले फ़ेसबुकमा गीत हेर्नको लागि अनुरोध सहित लेखेका छन् –

“ कलाकार यश कुमारको ‘सुस्तरी’ले सुस्तरी होइन, एकै पटक मन छोयो। नगर प्रहरी र मकै पोलेर गुजारा चलाउने किशोरी बीचको रोचक प्रेमकथा !!! हिजो बेलुका युटुबमा हेरेको लिंक शेयर गरेको छु, हेर्नुस् है !”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.