5
(1)

चर्चित नायक पल शाहको कथा, निर्देशन र अभिनयमा यो साता सार्वजनिक भएको गीत “तिमिलाई हेर्ने बानी पर्यो” को फिमेल भर्सन गायिका अनु चौधरीको स्वरमा आएको छ।

पल शाहले पछिल्लो समय आफ्नो जीवनमा भोगेको घटनालाई गीतमा उतार्न सक्दो प्रयास गरेका छन। परिवारको शर्त बिहीन माया, शुभेच्छुक र समर्थकको अनवरत साथ गीतको मुख्य कथा रहेको यूटूब चैनलमा उल्लेख गरिएको छ।

सनिशा भट्टराई, सूर्यमाला खड़का, प्रकाश अधिकारीको समेत अभिनय रहेको यो गीत हालसम्म २० लाख पटक यूटूबमा हेरीएर निकै चर्चामा रहेको छ।

यस अघि यो गीत पुष्पन प्रधानको शब्द, संगीत र स्वरमा गत बर्ष चर्चामा आएको थियो जसलाई पल शाहले नै कथा लेखनका साथ निर्देशन र अभिनय समेत गरेका थिए।

पुष्पन प्रधानको शब्द, संगीत र स्वरमा गत बर्ष चर्चामा आएको “तिमिलाई हेर्ने बानी पर्यो” को ओरिज़िनल गीत

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.