5
(2)

“त्यों शरद ऋतुको पात, त्यों चिसो जूनेली रात, त्यों अस्ताउदै गरेको घाम, तिमी संगै हेर्न पाऊँ “

अंग्रेज़ी नया बर्ष २०२३ कै सेरोंफेरोमा टिकटक भिंडियोंहरुमा अत्याधिक रुचाईएको यी हरफ गायक अपूर्व तामाङको स्वरमा रहेको गीत “तिमी संगै” मा रहेको छ। एक महीना अगाड़ी अपूर्व तामाङको यूटूब चैनलमा सार्वजनिक भएको “तिमी संगै” बोलको गीत अहिले चर्चामा रहेको छ।

नया बर्ष २०२३ को पूर्व संध्यामा दार्जिलिंग टूरिज़्म फ़ेस्टीभलमा डिसेंबर ३१ को दिन अपूर्व र उनको समूहको सांगितिक कार्यक्रम चौरस्ता, दार्जिलिंगमा भब्यताका साथ सम्पन्न भएको छ। भारतको मिरिक, दार्जिलिंगमा जन्मीएका अपूर्वले भारतको इंडियन आइडल लगायत बिभिन्न सांगितिक प्रतियोगितामा समेत प्रतिष्पर्धा गरेका थिए।

अपूर्वको यस अगाड़ीका चर्चित गीतहरुमा “सुनीदेउ” बोलको गीत हालसम्म यूटूबमा एक करोड़ माथि हेरीएको छ भने अर्को “सानु” बोलको गीत पचास लाख माथि हेरीएको छ ।

अपूर्व को “सुनीदेउ” बोलको गीत जुन एक करोडमाथि हेरीएको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.