5
(1)

चर्चित गायिका विष्णु माँझी र पवन ओलीको स्वरमा आएको “धानै कुटने ढिकी” यो साता निकै मन पराईएको छ। अहिलेका चर्चित कलाकार पल शाह र एलिजा गौतमको अभिनय रहेको यो गीतको शब्द र संगीत पवन ओलीकै छ।

यूटूबमा ५ दिनमा ७ लाख नाघेको यो गीतमा लोक गायिका विष्णु माँझीको स्वरले पनि साथ दिएको छ।

बाहिरी जीवनमा निकै लामों समय नदेखिएकी गायिका माँझी भने महँगो गायिका हुन। स्टूडियो बाहिर उनलाई नदेखीए पनि उनको स्वरमा रहेको जादु “सालको पातको टपरी” को सफलताले प्रष्ट पारेको छ। ठयाक्कै २ वर्ष अगाडी आएको सो गीत यूटूबमा ६ करोड़ माथि हेरीएको छ।

“सालको पातको टपरी” गीतको अर्का गायक कुलेन्द्र बि.क. ले केही महीना अगाड़ी गायिका विष्णुबारे प्रशंसा गर्दै मज़्ज़ाको टिभी यूटूब चैनललाई भनेका थिए, “उनी अहिले सर्वाधिक पैसा लिने गायिका हुन।” हेरौ सो वार्तालाप:-

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.