5
(1)

“फूलै फूलको सौगात लिएर” बोलको गीतले तपाईलाई नारायण गोपाल सम्झाउने छ। नारायण गोपाल कै शैली र भाव बोकेर आएको गीत यो साता यूटूबमा ८ लाख माथि हेरिएको छ। यो पहिलो गीतमा स्वर अन्तरे मामा अर्थात अमित राईको हो। उनी पनि नेपाल आइडल विजेता सज्जा चौलागाईकै गाउ मोरङ पथरीका हुन। यति धेरै चर्चा कमाएको यस गीतका रचनाकार गोपाल चन्द्र राई र संगीतकार टोरेम्पा रहेका छन्। अहिलेका तीज गीत, लोक गीत, दोहोरी गीतले बजार तताएको बेला आएको आधुनिक शैलीको गीतले पक्का तपाईको मन जित्नेछ।

कान्तिपुरमा प्रकाशित एक लेखमा गायक जन्तरे मामा कसरी नारायण गोपालबाट प्रभावित भए बारे उनले भनेका छन्- “ मैले जीवनमा नारायण गोपालको बाहेक अरू कसैको गीत सुनिनँ भन्दा हुन्छ ।’

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.