0
(0)

हालै युट्युबमा सार्वजनिक भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पुजार सार्की’ ले दर्शकको ध्यान तानेको छ। दिनेश राउतद्वारा निर्देशित यस चलचित्रले २०४६ सालको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा नेपालको ग्रामीण समाजमा जरा गाडेर बसेको जातीय विभेद, कुप्रथा र छुआछूत विरुद्धको संघर्षलाई देखाउँदछ ।

कथा मुख्य गरी तीन पात्रहरू- आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको वरिपरि घुम्छ, जसले समाजमा समानता ल्याउन आ-आफ्नो तर्फबाट क्रान्ति र विद्रोह गर्छन् । चलचित्रले परम्परागत सामाजिक संरचना, राजनीतिमा हुने स्वार्थको खेल र उत्पीडित समुदायको न्यायको लडाइँलाई निकै मार्मिक रूपमा प्रस्तुत गरेको छ। विकास सुवेदीको लेखन र सुवास भुसालको संगीत रहेको यस चलचित्रमा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य अभिनय छ। सामाजिक चेतना र उत्कृष्ट अभिनयले भरिएको यो सिनेमा युट्युबमा ब्लकबस्टर बनिरहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply