5
(2)

यो साता निशान भट्टराई र बेनिशा पौड़ेलको स्वरमा सार्वजनिक “तिम्रो माया” बोलको गीतमा अभिनयमा देखीएकी छिन फूलबुट्टे सारीबाट चर्चामा आएकी मोडल मलिका महत। उनलाई प्रेमीको दर्हो साथ दिएका छन कुन्साङ बोम्जनले।

मंदिरा ढुङगेलको शब्द र दीपक शर्माको संगीतमा आएको यो गीतको म्यूज़िक भिडियोको निर्देशन भने फूलबुट्टे सारी गीतकै राजेश पुमा राईले गरेका छन।

धेरै दर्शकले “तिम्रो माया” बोलको यस गीतमा पल शाहलाई खोजीरहेको आभाष यूटूबमा आएको प्रतिक्रियाले गरेका छन।

फूलबुट्टे सारी लगायत केन्द्र मोसन पिक्चर्सले ल्याएको पछिल्ला चार गीतहरू अत्याधिक चर्चामा आए, जसमा पल मलिका “पिएम” जोड़ीबिच मायाको रसायनले काम गरेको थियो।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.