5
(2)

चर्चित नायक भुवन केसी लगायत चर्चित कलाकारहरू अभिनित तीज गीत “यस पालीको तीजमा सम्झिनी पानी छम्किनी” सार्वजनिक भएको दोश्रो साता नपुग्दै यूटूबमा एक करोड पटक हेरीएको रेकर्ड कायम गरेको छ।

तीजमा बिशेषगरी आइफोन, रानीहार देखी माइती जाने रहरहरू अनुरोध गर्दा बुढाले सम्झिनी पानी छम्किएर बिर्सिन अनुरोध गरीएको बिषय गीतमा समावेश गरीएको छ, जून टिकटकमा अत्याधिक भाईरल भएको छ।

प्रेमको अगाडी अरु भौतिक रहरहरू मूल्यहिन रहेको बिषयमा गीतले जोड़ दिएको छ। तीज चाडमा देखावटी संसारमा अल्मलिनेहरूलाई सपनाबाट पानी छम्किएर ब्यूझी आफ्नो गच्छे अनुसार रमाउने संदेश पनि दिएको छ।

गीतमा स्वर सम्राट चौलागाई, रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङले दिएका छन भने गीतको रचना र संगीत सम्राटकै रहेको छ भने बिक्रम स्वारको कोरियोग्राफ़ी तथा निर्देशन रहेको छ।

साथमा अन्य कलाकारहरू दीपा श्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड़का, गीता ढ़ूँगाना, सम्राट चौलागाई, जेभिन जेभिस श्रेष्ठ, आयुशी ढकालको अभिनय रहेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.