5
(2)

चर्चित “फुलबुट्टे सारी” बोलको गीतमा जीवन्त अभिनय गरेका जोडीको आज सार्वजनिक अर्कों सुमधुर गीत पनि चर्चामा आउन सक्ने देखीएको छ।

पि एम जोडी उपनामले चर्चामा आइरहेका यि चर्चित कलाकारहरु पल शाह र मलिका महतले अर्कों उत्कृष्ट अभिनय “टाढा भए पनि” बोलको गीतमा गरेका छन।

यूटूबमा सार्वजनिक भएको केही घण्टामा चार लाख पटक हेरीएको यो गीतमा नेपाल आइडलबाट उदाएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको छ।

केन्द्र मोसन पिक्चर्स यूटूब चैनलमा सार्वजनिक यो गीत फूलबुट्टे सारी झै फिमेल भर्सनमा रहेको छ।यो म्यूज़िक भिंडियोंको निर्देशन बिबेक रसाईलीले गरेका हुन।

झण्डै दुई महीनामा तीन करोड यूटूब क्लबमा पुगेको फूलबुट्टे सारी कै हाराहारीमा पुग्न यो गीतलाई कति पर्खनु पर्ने हो, त्यो हेर्न बाँकी नै छ।

मेल भर्सनमा उर्गेंन दोंङले गाएको यो गीत यूटूब भ्यूज ५० लाख कटेको छ।

चार महीना अगाडी उर्गेंन दोंङको स्वरमा सार्वजनिक यो गीतको रचना र संगीत समेत उनकै रहेको थियो।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.