बहुप्रतिक्षित नेपाली चलचित्र ‘बाटुलो जून’ को नयाँ रोमान्टिक गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ युट्युबमार्फत सार्वजनिक भएसँगै यसले फिल्म क्षेत्रमा तरङ्ग ल्याएको छ।
बुढासुब्बा डिजिटलबाट रिलिज भएको यस गीतमा त्रिशा चटर्जी र हिमांशु ज्यान शर्माको सुमधुर स्वर तथा युग भुसालको शब्द र संगीत रहेको छ।
चलचित्रमा नायक अनमोल केसी र नयाँ मोडल प्रिन्सी खतिवडाको आकर्षक जोडीलाई मुख्य भूमिकामा देख्न सकिन्छ। भुवन केसीद्वारा निर्माण गरिएको यस चलचित्रले ९० को दशकको सुमधुर सांगीतिक आभास दिने छ।
प्रेम, भावना र उत्कृष्ट कोरियोग्राफीले सजिएको यस फिल्मले आगामी कार्तिक २६ (नोभेम्बर १२) देखि देशव्यापी रूपमा हलहरूमा प्रदर्शन हुँदैछ।

Add comment