5
(1)

नेपाल आइडलको हसीलो अनुहार प्रताप दासको “फोटो फिरिममा” आज सार्बजनिक भएको छ । यसमा शिशिर भंडारीको शब्द र संगीत छ । नेपाल आइडल सीज़न-१ का प्रतियोगीमध्ये हसीलो अनुहार र राम्रो प्रस्तुतिले प्रताप दास तेस्रो भएका थिए । म्यूज़िक भिडियो निकै राम्रो प्रस्तुति रहेको यो गीतको यूटूब भ्यूज ३ लाख पुगेको छ।

फ़ोटो फिरिममा किन राख्नु पर्यो, त्यसबारे गीतको एक बोल यस्तो छ :-

“चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।

तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।

साँचो माया गर्ने मेरो दिल तोडी गयौं ।

छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।”

तर मुख्य कथा थाहा पाउन त दोश्रो भाग प्रतीक्षा गर्नुहोला ।

गायिका रचना रिमालको स्वरमा !

“फ़ोटो फिरिममा” महिला आवाज़मा यस अघि रचना रिमालको स्वरमा ४ महीना अगाड़ी रिलीज़ भएको थियो, जून ५० लाख यूटूब भ्यूज पुग्ने क्रममा छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.