0
(0)

अनुराग खड्काको नयाँ सांगीतिक कोसेली ‘कसरी’ युट्युबमार्फत सार्वजनिक भई दर्शकहरूको मन जित्न सफल भएको छ।

‘सूर्यमुखी’ एल्बममा समावेश यस गीतले मनका गहिरो भावना र व्यक्त गर्न नसकिने मायालाई अति नै सुन्दर ढङ्गले समेटेको छ। यस गीतमा अनुराग खड्काको आफ्नै शब्द र संगीत रहेको छ भने उहाँसँगै प्रतिभाशाली गायिका आर्या आचार्यको जादुमय स्वरले यसमा अझ बढी प्राण भरेको छ। साथै, बिकेश लामाको बाँसुरीको धुन र एडिको उत्कृष्ट संगीत संयोजनले गीतको सांगीतिक मिठासलाई उच्च स्तरमा पुर्‍याएको छ।

विपिन श्रेष्ठको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा अनुराग खड्का र अनुराधा थापाको भावनात्मक अभिनय देख्न सकिन्छ। भिडियोको कथावस्तु र सादगीपनले सबैलाई आकर्षित गरेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply