5
(1)

फूलबुट्टे सारी गीतको रचना र संगीतमा मिठास ल्याउने गायक/रचनाकार/संगीतकार राजनराज सिवकोटीको स्वर र संगीतमा अर्को गीत “फूलकुमारी” आज सार्वजनिक भएको छ।

चर्चित नायक पल शाहका साथ कान्तिपूर टेलीभिजनकी समाचारबाचिका श्री पाण्डे अभिनित यो गीतमा लोक भाकाका मीठा शब्दहरू डा प्रकाश पौड़ेलले लेखेका छन भने सरीन पोखरेलको निर्देशन रहेको छ।

केही महीनामा छ करोड़ यूटूब भ्यूज पुगेको “फूलबुट्टे सारी” चौथों धेरै पटक हेरीएको नेपाली गीतमा उक्लेको छ भने यसले सर्वाधिक पन्ध्र करोड़ पटक हेरीएको राजन राजकै अर्को गीत ‘कुटुमा कुटु” लाई पनि पछयाइरहेको छ।

फूलकुमारीबाट पनि केही त आशा गरौ। पहिलो दिन एक लाखमाथी यूटूबमा उकालो लागेको यो गीतले केही ब्रेक गरे समाचारमा आउने नै भो, हैन त !

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.