गायक कमल खत्री र गायिका सुनिता कार्कीको स्वरमा आज “तिमी मुस्काउन” बोलको गीत सार्वजनिक भएको छ।
कलाकारहरू विजु पार्की र कबिता नेपाली अभिनित यो गीतमा गायक कमलको रचना संगीत तथा प्रमोद भण्डारी र विजुको निर्देशन रहेको छ। म्यूज़िक भिडियोमा कबिता र विजुबिचको माया प्रेम अभिब्यक्त गर्न शब्द हैंन आभाष/अनुभूतिको बाटो समाएको देखाईएको छ। गीतका केही हरफहरू यस्ता छन –
“तिमी मुस्काउन, मलाई हेरी, अरु केही, मलाई चाहीदैन
आभाष हुन्छ नजिक हुदा, तिमिले सधै सधै छुदा
तिम्रो आँखाबाट बागने आशु यो आँखामा सारे हुन्छ
यो मनको कुरा त्यों मनमा हुन्छ, तिम्रो आवाज मलाई चाहीदैन”