5
(1)

नायक पल शाह र मोडेल गरिमा शर्मा अभिनित “पर्दैन पर्दैन मलाई फकाउन” बोलको गीतमा वैवाहिक जीवन प्रवेशसंगै कोरोनाले पारेको असरबारे देखाईएको छ।

बिहेपछि गरिमालाई कोरोना संक्रमण देखिदा पतिको रूपमा पलले कसरी बिपत्तिको सामना गरे, गीतमा नाटकीय रूपमा प्रस्तुत गरीएको छ।

गायिका बेनिशा पौडेल, गायक सुरेश लामा, रचना सरोज ओली, संगीत दीपक शर्माको रहेको यो गीतको कंसेप्ट/कोरियोग्राफ़ी सुनील क्षेत्रीले गरेका छन भने निर्देशन सरोज ओलीको रहेको छ।

सार्वजनिक भएको दोश्रो दिनमा पाँच लाख यूटूब भ्यूज कटेर चर्चामा आएको यस गीतमा देखाईए जस्तो कोरोना अब हाम्रो सामाजिक जीवनमा यसरी घोलीयो कि कहाँ कहिले कसरी यो संक्रमण प्रकट हुने हो कसैले पनि भन्न सक्दैन होला। तर सचेत भएर चाडपर्व, मेलापात, विवाह लगायतका कार्यहरुमा मास्क, सामाजिक दूरी लगायतका स्वास्थ्य निर्देशिकाको यथोचितरूपमा पालना गर्नुको विकल्प अहिले नै भने छैन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.