“यो रातो गाला नि एक दिन, बुढ़ेसकाल लागेसी चाउरेला,
नाच्न नि पाईदैन त्यों दिन त, बल गर्दा हातखुट्टा बाउडेला”
हजुर ! “हरीतालिका तिज” आउन एक महीना बाक़ी रहेको सेरोफेरोमा “यो रातो गाला” बोलको गीत दोश्रो सातामा यूटूबमा दश लाख पटक हेरीएर चर्चामा चुलीएको छ।
निकै मनछुने शब्दहरूले नाचु नाचु लाग्ने भाकामा यो गीत अहिलेका चर्चित चार गायिकाहरूको स्वरमा आएको छ।
गायिकाहरू बेनिशा पाैडेल, समिक्षा अधिकारी, रचना रिमाल र एलिना चाैहानको स्वरमा आएको तिज गीतमा समारिका स्मारिका ढकाल, गीता ढुङ्गाना र गरिमा शर्माको साथ गायिकाहरूलाई पनि नाचेको देख्न सकिन्छ । दीपक शर्माको शब्द र संगीतमा रचीएको यस गीतको कोरीयोग्राफ़ी र निर्देशन बिक्रम चाैहानको रहेको छ।