नेपाली र्याप संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै कलाकार मिस्टर भान्जा र सुमिना लोको नयाँ गीत ‘भो भो’ सार्वजनिक भएको छ।
यस गीतको शब्द रचना र संगीत कम्पोजिसन स्वयं मिस्टर भान्जाले गरेका हुन्। गीतमा गायिका सुमिना लो र मिस्टर भान्जाको दमदार स्वर सुन्न सकिन्छ। संगीत संयोजन, प्रडक्सन तथा मिक्सिङ र मास्टरिङको सम्पूर्ण काम जेनले जेन स्टुडियोमा गरेका हुन्।
भिडियोमा अभिनेत्री तथा कोरियोग्राफर आरती श्रेष्ठको मुख्य अभिनय र उत्कृष्ट नृत्य निर्देशन देख्न सकिन्छ। उनलाई नृत्यमा मञ्जली राजबंशी, सुरक्षा तामाङ, अर्चना सिंह ठकुरी, आशिका गौतम, सबिना स्याङ्बो र रेबिका डिमडुङले साथ दिएका छन्।
भिडियोको निर्देशन र सम्पादन जेनले गरेका हुन् भने छायांकन योदिन योन्जनले लेले कुण्ड रिसोर्टमा गरेका हुन्। यस गीतले युट्युबमा छोटो समयमै लाखौँ भ्युज र हजारौँ सकारात्मक प्रतिक्रिया बटुल्न सफल भइसकेको छ।

Add comment