दी डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको प्रतिक्षित नेपाली चलचित्र ‘बेहुली’ को पहिलो प्रेमगीत ‘म भइन् भने’ सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र आउँदो भदौ २६ गते (सेप्टेम्बर ११) देखि नेपालभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन हुनेछ।
सार्वजनिक गरिएको ‘म भइन् भने’ बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। उक्त गीतमा चर्चित गायक सुरेश लामा र गायिका दुर्गा खरेलले सुमधुर स्वर दिएका छन् भने उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। रोमान्टिक शैलीको यस गीतको भिडियोमा सामाजिक सञ्जालमा ‘कुल ब्वाई’ नामले चिनिएका अभिनेता पारस बम ठकुरी र नवनायिका दिव्या रायमाझी फिचर भएका छन्। भिडियोमा उनीहरूको जोडी र केमेस्ट्री निकै सुहाएको देखिन्छ।
