5
(2)

चर्चित दोहोरी गायिका “जेरी” अर्थात बबिता बानियाको जीवनमा यो साता महत्वपूर्ण रहयो। एक छोरीकी आमा उनी सम्बन्ध बिच्छेदको चोटबाट गुज्रीनु पर्यो।

संयोग कस्तो रहयो भने उनकै शब्दमा रहेको “चोट” बोलको गीत पनि संगै यूटूबमा सार्वजनिक भएर दर्शकको मनपराईको अग्रपंक्तिमा रहेको छ। तर संगै आएको दोश्रो “चोट” को सफलताले भने उनी खुसी होलिन। 

राजु परियार र पूर्णकला बीसी को स्वरमा सार्वजनिक भएको “चोट” बोलको म्यूज़िक भिंडियोंमा जेरी जीवन्त अभिनयमा मात्र छैनन्, धेरैले यो उनको जीवनसंग मेल खाने रचना र कथा यस गीतमा रहेको प्रतिक्रिया दिएका छन।

उनको जीवनको आगामी यात्राको शुभेच्छा धेरैले व्यक्त गरेका छन।

उनका पूर्व श्रीमान शंकर क्षेत्री पनि लोक दोहोरी गायक हुन। 

सबै चोटहरु दुःख लिएर आउदैनन्, जेरीले आगामी जीवनमा सांगितिक उड़ान जारी राखुन, लोक दोहोरी क्षेत्रमा रहेको उनको पहिचान अझ फैलियोस, हाम्रो पनि शुभकामना ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.