5
(1)

चर्चित गीतहरु मात्र होईन सदाबहार गीतहरु जन्माउने सांगितिक समूह नेपथ्यको “भटभटे” बोलको नया गीत यो साता सार्वजनिक भएको छ।

चुनाव नजिकीएको बेला सार्वजनिक “भटभटे” गीतमा राजनीतिक बिषयमा ख़बरदारी सहित भनीएको छ- “सपनाहीनहरूबाट शासित हुन अभिशप्त हुनुपरेको छ। खबरदार यदि यो सरकार बस्ने देश हो भने मनपरि गर्ने अधिकार र छुट यहाँ कसैलाई पनि छैन ।”

गीतको लिरिक्स (यूटूबबाट साभार)

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

ढल्केर आयो बत्तेर आयो

भट्टाउँदै आयो घुमी–घुमी आयो

नागबेली बाटो काट्दै

चिप्लो बाटो लड्दै पड्दै

आयो है आयो

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

ढल्केर आयो बत्तेर आयो भट्टाउँदै आयो

घुमी–घुमी आयो

नागबेली बाटो काट्दै

चिप्लो बाटो लड्दै पड्दै

आयो है आयो

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

तुमतुम छ्या तुमतुम छ्या

थितिरीति बज्दै थियो

दलबल दल दलबल दल

छद्म भेद तन्त्रमन्त्र

गर्नु गर्यौ के

अब भन्नु के छलै छल मन थिर भएन

भाँडभैलो मच्चाउनेलाई

सम्मोहनले लौ बाधौँ

कुजिएका स्वरहरू एकत्रित भइजाऊ

मनदेखि मनसम्म

सडकदेखि सदनसम्म

एकत्रित भइजाऊ है भइजाऊ

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

चोक–चोक बसी खाली गफै मात्रै मारी

कति बस्छौ ए मान्छे !

पर हेर त सेतो हिमाल पग्लेर कालो शिला भै रहेछ

निलो पहाड सुकेर पहिरो गएको गएकै छ

अन्नपूर्णको भण्डार तराई

बाढीमा चुर्लुम्म डुबेर बेवारिसे भएको छ

सपनाहीनहरूबाट शासित हुन अभिशप्त हुनुपरेको छ

के सोचेको थियो, के भयो

खबरदार यदि यो सरकार बस्ने देश हो भने

मनपरि गर्ने अधिकार र छुट यहाँ कसैलाई पनि छैन

एक छैन,

दुई छैन,

तीन छैन

भवितव्य माफ पाम

खबरदार

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

ढल्केर आयो बत्तेर आयो

भट्टाउँदै आयो घुमी–घुमी आयो

नागबेली बाटो काट्दै

चिप्लो बाटो लड्दै पड्दै आयो है आयो

भटटटट भटटट भटभटे आयो

बाटो छोड छोड

भटटट भटभटे आयो

बाटो छोड छोड

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.