5
(1)
चलचित्र “राधा” को “पाउमा पाउजु छैन बरी लै” बोलको गीतमा सज्जा चौलागाई र स्वस्तिमा ढकालको स्वर रहेको छ।

आजबाट एकैसाथ हलहरुमा नेपाली चलचित्रहरु “राधा” र “प्रकाश” प्रदर्शनमा आएका छन।

“राधा” चलचित्रको गीत “पाउमा पाउजु छैन बरी लै” यूटूबमा पचास लाख पटक हेरीएको छ, एक महीनाभित्र । साथमा चर्चित नायकहरु सौगात मल्ल, खगेन्द्र लामिछाने देखी दयाहाँङ राई समेत अभिनीत यो चलचित्रको सुवर्ण थापाले लेखन/निर्देशन गरेका छन।

दिनेश राउतको निर्देशन रहेको “प्रकाश” चलचित्रमा नायक प्रदीप खड़का गाउले शिक्षकको भूमिकामा छन, उनको साथमा छिन, नायिका दिया मास्के जसको चलचित्रमा “राधा” नाम रहेको छ। प्रदीपको अर्कों बहुप्रतीक्षित चलचित्र “प्रेम गीत ३” मा योद्धाको भेषभूषामा एक महीना पछि आउदैछ।

दुई वटै कलात्मक गाऊले जीवन समेटेको एवम् लोकप्रिय कलाकारहरु अभिनीत “राधा” र “प्रकाश” लाई दर्शकहरुले उत्तिकै माया गरून, हाम्रो शुभकामना।

चलचित्र “प्रकाश” को “जोर मैना ” बोलको गीत जसमा ध्रुव बिस्कोको स्वर रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.